images
images
  • भीआइपी सवार: काठमाडौंका यी स्थानमा हुँदैछ आज सवारी जाम, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

    काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सको सवारीको कारण आज राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।

    उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेकोको छ ।

    उनको सवारीको समयमा काठमाडौं उपत्यकाको विभिन्न भागमा सवारी आवागमनमा प्रभाव पर्ने देखिएको छ । सोमबार झन्डै दुई घण्टा सवारी जामको सास्ती खेपेका उपत्यकावासीले आजपनि ली बसेको सोल्टीमोडस्थित सोल्टी होटलदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र वालुवाटारतर्फका सडकहरु बढी जाम झेल्नुपर्ने देखिएको छ ।

    अहिले रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित रहेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विहान साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु कालीमाटी हुदै सोल्टी होटलसम्मको सवारी आवागमन प्रभावित हुनेछ ।

    दिउँसो साढे ३ बजे रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने कार्यालयले जनाएको छ ।

    त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुनेछ ।

    उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images