धरान- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरान बजारमा पानी ल्याउन सफल भएका छन् । स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्धा नै धरानमा पानी ल्याउने थियो।
सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटेका हुन्।
उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।
उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् ।
उनले लेखेका छन्, आज अत्यन्तै खुसी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुराएकाछौँ ! सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !
उक्त भिडियोमा मेयर साम्पाङसहितका धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।
हेर्नुस भिडीयो :





















