काठमाडौं- नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्लादहन गरेको छ ।
नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएकाे हाे । विद्यार्थीले पुत्ला जलाउँदै गर्दै नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ ।
भण्डारीको पुत्ला दहन गर्न खोज्दा नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको छ । घण्टाघरस्थित त्रिचन्द्र कलेज क्षेत्रमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थी र प्रहरीबीच आइतबार बिहान ढुंगा हानाहान भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकेको भन्दै त्यसको विरोधमा विद्यार्थीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीलाई रोक्न पुगेको प्रहरीबीच झडप भएको हो ।
उनीहरुले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् ।































