images
images
  • आज  देशभर आंशिकदेखि सामान्य बदली, यी प्रदेशमा भारी बर्षा

    काठमाडौं- देशभरको मौसममा आज आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images