काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार सुविधा माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले उनलाई कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो ।
तिहारअघि नै अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी रायमाझीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्





















