images
images
  • खाँदबारीमा चट्याङ लागेर दुई जना घाइते

    काठमाडौं – संखुवासभाको खाँदबारी नगरपालिका–४, सेखाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बुधबार साँझ परेको चट्याङ लागेर स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएका हुन् ।

    प्रहरीका अनुसार गणेशप्रसादको निधार र दाहिने हातमा चोट लागेको छ। त्यस्तै, रविनको बायाँ हातमा चोट लागेको छ । घाइते दुवै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । चट्याङ लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images