images
images
  • जागरण अभियानको सातौँ दिन: युवा संघको टोलि चितवनबाट हेटौंडा तर्फ

    चितवन- युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान सातौ दिन चितवन बाट हेटौंडा तर्फ लागेको छ । भाद्र १५ देखि सुरु भएको अभियानको नेतृत्व संघका अध्यक्ष नरेश शाहीले गरि रहेको छ।

    अभियानमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सन्देश मूलक पर्चा समेत वितरण र जिल्लाका विभिन्न सहरहरुमा सभा गर्दै हिडिरहेको छ ।

    टोली आजै हेटौंडा हुँदै मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्ने कार्यक्रम रहेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताए ।

    ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

    ‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघका अध्यक्ष नरेश शाहीले अभियानको नेतृत्व गरेका छन् । भाद्र १५ गते महाकाली नदीमा स्नान गरेर सुरु गरिएको युवा जागरण अभियान भाद्र २३ गते मेची नदीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।

    1 1

    3 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images