images
images
  • जापान पठाइदिन्छुु भन्दै १३ लाख ठग्ने एक महिला पक्राउ

    काठमाडौं– ‘जापान पठाउँछु’ भनेर १३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएर ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बा हुन् ।

    उनलाई काठमाडौं–३१ सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

    सिलास रम्तेललाई उनले ‘वर्किङ भिषामा जापान जान १३ लाख रुपैयाँ लाग्छ’ भनेर १३ लाख लिएपछि सम्पर्क बिहिन भएकी थिइन् ।

    जापान पुगेपछि प्रतिष्ठित होटलमा ‘काम लगाईदिन्छु’ भनेर आरोपीले रम्तेललाई मासिक ३ लाख तलव पाउने सपना देखएकी थिइन् ।

    वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो । सुब्बालाई विभागमा बुझाइएको एसपी कोइरालाले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images