images
images
  • आजको मौसम: देशभर आंशिक देखि सामान्य बदली, प्रदेश-१ मा भारी वर्षा

    काठमाडौं- आज देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही तथा अरू प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति प्रदेश–१, मधेस, वाग्मती, गण्डकी प्रदेश र लुम्बिनीमा सामान्य बदली तथा अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस र गण्डकीका थोरै तथा अरू प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images