images
images
  • बालेनसँग सवाल-जवाफ गरेर चर्चामा आएका अल्फा बिटाका सञ्चालक शर्मा एमालेको संघीय साँसद सिफारिस

    काठमाडौं- काठमाडौंका मेयर बालेन साहसँग सवाल जवाफ गरेर चर्चामा रहेका अल्फा हाउसका सञ्चालक द्विराज शर्मा शिवाकोटी आगामी चुनावका लागि एमालेबाट उम्मेद्वार सिफारिस भएका छन् ।

    शर्मालाई आज नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटीले संघीय संसदका लागि पार्टी केन्द्रमा सिफारिस गरेको हो । शर्मासँगै अन्य पाँचजना नेताको नाम पनि कमिटीले केन्द्रमा सिफारिस गरेको छ ।

    नेकपा एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मासहित रुपनारायण श्रेष्ठ, बिदुर मैनाली, टिकाराम भट्टराई र केशव घिमिरेको नाम सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images