images
images
  • कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक ११ प्रतिशत ब्याजदर पाइने

    काठमाडौं– कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ ।

    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

    भदौ २१ गतेसम्म आवेदन दिन पाइने यस ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

    कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

    ऋणपत्रको बिक्री प्रबन्धक तथा निष्कासकमा नबिल इन्भेष्टमेन्ट रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images