images
images
  • राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पुनः पारित गराउने तयारी

    काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ राष्ट्रिय सभाबाट आज पुनः पारित गराउने सरकारको तयारी छ।

    आज बस्ने राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ।

    राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

    बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

    यसअघि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारले प्रस्तुत गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images