काठमाडौं– सेयर बजारमा सामान्य गिरावट आएको छ
सेयर बजार मापन गर्ने सूचक १.०८ अकंले घटेर परिसूचक १९७२.२९ बिन्दुमा रोकिएको छ भने ठूला कम्पनी मापन गर्ने सेन्सिटिभ इन्डेक्स ०.६६ अकंले घटेर ३८३.९३ बिन्दुमा झरेको छ ।
२२५ कम्पनीको ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँमा किनबेच भएको छ ।
बजार स्थिर हुदा बैंकिङ समूहको उपसूचक २.१९, व्यापार ६.८१ अंकले घट्को छ । त्यस्तै, विकास बैंक ७.२१, जलविधुत १०.३८, फाइनान्स २१.६८, माइक्रोफाइनान्स १.६९, जीवनबिमा ५४.८१, निर्जीवन बिमाको उपसूचक ६२.१४ अंकले बढेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी, माहुली लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्सले कमाउँदा राप्ती हाइड्रो एण्ड जेन्रल कन्ट्रक्सन, गनपति लघुवित्त वित्तीय संस्था, मैलुुङ खोला जलविधुत कम्पनी, एनआईबिएल सम्बृदि फण्ड–२ र नेपाल रिइन्स्योरेन्स कम्पनीले घुमाएका छन् ।
कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो स्थानमा रहेको छ ।



विश्व खबर 



















