images
images
  • मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा

    काठमाडौं– मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ ।

    यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम ५ लाख रुपैयाँ मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालहरुले आफ्ना लागि १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।

    यस योजना अन्तर्गत ग्राहकहरूले १ वर्ष देखि २ वर्ष सम्मको मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

    जति अवधिको मुद्दती खाता खोलियो त्यति नै समयावधिका लागि बीमा सुविधा प्राप्त सकिने बैंकले जनाएको छ । यो योजनाबाट ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images