काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं ४ मा पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।
बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र–४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।
साथै महामन्त्री गगन थापालाई प्रतिनिधिसभा निर्वाचनमा कास्की १ बाट उम्मेदवार सिफारिसका लागि निवेदन परेको छ।
महामन्त्री थापाको सचिवालयका अनुसार स्थानीय नेता–कार्यकर्ताले आवश्यकता महसुस गरेर निवेदन दिएका हुन्। उनको निवेदनमा भानुभक्त ढकालले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















