काठमाडौं- सेयर बजाारमा भारी गिरावाट आएको छ । हिजो मंगलबार सामान्य सुधार भएको बजारमा आज फेरी गिरावट आएको हो ।
बजार मापन गर्ने सूचक २१.९७ अंकले घटेर परिसूचक १९७३.३८ बिन्दुमा पुुगेको छ भने ठूला कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३६ अंकले घटेर ३४८.५७ बिन्दुमा रोकिएको छ ।
सेयर बजारमा आज २२४ कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रुपैँयामा कारोबार भएको छ ।
बजार मापन गर्ने सबै कम्पनीको उपसूचक घटेको छ । बैकिङ समूह ७.०७, व्यापार २६.१८, ििवकाश बैंक ६५.९७, जलविदुुत ४९.७५, फाइनान्स ४०.८८, निर्जीबन बीमा ४८.५७, माइक्रोफाइनान्स ६६.२६ जीवनबिमा समूहको उपसूचक १३७.४४ अकंले घटेको छ ।
बजारमा गिरावट आउँदा आरबीबी म्युचुअल फण्ड–१,नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, दोर्दीखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने हिलयन पावर पार्टनर, अपर सोलु हाईड्रो इलेक्ट्रिसिटी, रिलायन्स फाइनान्स, खानीखोला हाईड्रोपावर, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँ सेयर कारोबार भएको छ ।



विश्व खबर 



















