काठमाडौं– सामसङले दशैँलाई लक्षित गर्दै कार जित्न सकिने एक आकर्षक अफर सार्वजनिक गरेको छ । ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार१’ नाम दिइएको यो अफर भाद्र १४ देखि असोज १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । यो योजनामा सहभागी बन्नका लागि ग्राहकले अंग्रेजीमा सामसङ टाइप गरेर स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।
यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार जित्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेटमध्ये कुनै एक खरिद गरेको हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















