images
images
  • मेयर बालेन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने ‘दिपकराज जोशी’ को हुन् ?

    काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भन्दै दिपक राज जोशी र दामोदर तिमल्सिनाले मुद्दा दर्ता गरेका हुन्।

    अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ।

    नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।

    सर्वोच्चले मेयर बालेन्द्र शाहलाई ७ दिनभित्र जवाफ दिन आदेश समेत दिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images