images
images
  • १३ बुँदे बैंकक घोषणापत्र जारी गर्दै सकियो ‘मिलाप’ सम्मेलनमा (घोषणापत्र सहित)

    बैंकक–थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ एशिया क्षेत्रीय बैठक  १३ बुँदे घोषणापत्र जारी गर्दै  समापन भएको छ ।

    घोषणापत्रमा दोस्रो विश्वयुद्धको समयदेखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ ९पिपल अफ नेपाली ओरजिन० हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसंग विषेश अनुरोध गरिएको छ । एनआरएनएले स्थापनाकालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसदबाट पारित भएको प्रति यो सम्मेलन खुशी व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरेको छ ।

    यसैगरी एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषदहरु यो सम्मेलन मार्फत प्रतिबद्धता जाहेर गर्दछ । नेपालमा बिदेशबाट पढ्न आउनेहरुले पर्यटन भिषा लिएर जानुपर्ने अबस्था भएकोले सो को अनुकुल बाताबरणको लागि बिद्यार्थी भिषाको व्यबस्थाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

    गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

    आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई बैठकले अनुरोध गरेको छ ।
    यसैगरी हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तब्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन अनुरोध गरिएको छ । विदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलनले अनुरोध गरिएको छ ।

    संघले उद्धमशिलताको विकास गर्न विद्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो सम्मेलन सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन प्रतिबद्धता जाहेर गरेको छ ।

    सम्मेलनले नेपालको प्रमुख आर्थिक स्रोत विष्रेशण (रेमिट्यान्स)लाई औपचारीक माध्यमबाट नेपाल पठाउने बाताबरण बनाउंदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वाताबरण मिलाउन नेपाल सरकार संघ बिच सहकार्य गर्ने यो सम्मेलन निर्णय गर्दछ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको बैदेशिक मुद्राको न्यूनतालाई परिपूर्ति गरी सहयोग गर्न यो सम्मेलनले अपिल गरेको छ ।

    यसैगरी वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीहरुलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचलान गर्न लागिएको १० अर्बको लगानी कोष संचालनमा आवश्यक कानून यथासक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । सम्मेलनले मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्ने गरी घोषणापत्र जारी गरिएको छ ।

    सम्मेलन सम्मानित श्रम बजार, गैरआवासीय नेपाली नागरिकता, विदेशबाट नै मताधिकार, सामाजिक सुरक्षा, पिएनओ साथै महिला तथा युवाहरुलगायत संघले लामो समय देखि पैरबी गर्दै आएका मुद्दाहरु र संघको संरचनागत सुधारको बारेमा केन्द्रीत रहेको थियो । संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा बद्री केसी, संस्थापकहरु, संघका पदाधिकारी तथा सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा प्रतिनिधिहरुले संघलाई आगामी दिनमा एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता जनाउनु भएको थियो ।

    सम्मेलनमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शेरबहादुर कुंवरको प्रमुख आतिथ्यता एवं सांसद डा। सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कंडेल, राष्ट्रिय समावेसी आयोग सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानबअधिकार आयोग सदस्य लिली थापा, राष्ट्रीय मुस्लिम आयोग सदस्य मिर्जा अर्सद बेग, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, संस्थापक अन्तराष्ट्रिय संयोजक ९महासचिव० भीम उदासलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    nrna

    यो पनि हेनुहोस् :एनआरएनएको ‘मिलाप’ सम्मेलनमा पुर्वअध्यक्षहरुको बहिस्कार !

    सम्मेलनका निर्णयहरु

    १. दोस्रो विश्वयुद्धको समय देखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारसंग बिषेश अनुरोध गर्दछ ।

    २. एनआरएनएले स्थापनाकालदेखि उठाउँदै गरेको गैरआवासीय नेपालीले नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता हालै संसदबाट पारित भएको प्रति यो सम्मेलन खुशि व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको नागरिकतालाई सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न नेपाल सरकार र सम्बन्धित निकाय समक्ष हार्दिक अनुरोध गरिन्छ ।

    ३. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा महिला तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न संघका सबै राष्ट्रिय समन्वय परिषदहरु यो सम्मेलन मार्फत प्रतिबद्धता जाहेर गर्दछ । समाचार संयोजक, एनआरएनएनेपालमा बिदेशबाट पढ्न आउनेहरुले पर्यटन भिषा लिएर जानुपर्ने अबस्था भएकोले सो को अनुकुल बाताबरणको लागि बिद्यार्थी भिषाको व्यबस्थाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गर्दछ ।

    ४. गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गर्दछ ।

    ५. आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।

    ६. हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तब्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्यरुपमा सामाजिक सुरक्षामा आवद्ध गराउन अनुरोध गर्दछ ।

    ७. बिदेशमा भएका तथा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी सो को सहज प्रयोगको लागि आवश्यकल संयन्त्र निर्माण तथा समन्वय गर्न यो सम्मेलन अनुरोध गर्दछ ।

    ८. संघले उद्धमशिलताको बिकास गर्न बिध्यालयस्तरबाटै पढ्दै कमाउंदै जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो सम्मेलन सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।

    १० नेपालको प्रमुख आर्थिक श्रोत बिष्रेशण (रेमिट्यान्स) लाई औपचारीक माध्यमबाट नेपाल पठाउने बाताबरण बनाउंदै त्यसको केही निश्चित अंश उत्पादनमा लगानी गर्नै पर्ने वाताबरण मिलाउन नेपाल सरकार संघ बिच सहकार्य गर्ने यो सम्मेलन निर्णय गर्दछ । साथै समस्त गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोली नेपालमा देखिएको बैदेशिक मुद्राको न्यूनतालाई परिपुर्ती गरी सहयोग गर्न यो सम्मेलन अपील गर्दछ ।

    ११, वैदेशिक रोजगारमा रहेका ससाना लगानी गर्न सक्ने नेपालीहरुलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा संचलान गर्न लागिएको १० अर्बको लगानी कोष संचालनमा आवश्यक कानून यथासक्य छिटो परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ ।

    १२, मिलाप एसिया भेन्चरको स्थापना गरी नेपाली कोशेली उद्योगको स्थापना गरी नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्नेछ ।

    १३. यो सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ थाइल्याण्ड, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु अन्तर्राष्ट्रिय समन्वय परिषद्, यस क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरु, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)

    एसिया प्यासिफिक क्षेत्र, ९ औं क्षेत्रीय सम्मेलन, थाइल्याण्ड, बैंकक

    २८ अगष्ट २०२२

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images