बैंकक– शनिवारबाट थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनमा एनआरएनए पुर्वअध्यक्षहरुले बहिष्कार गरेका छन् ।
एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पुर्ब अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले र निवर्तमान अध्यक्ष कुमार पन्तले एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनको बहिस्कार गरेका छन् ।
गैरआवासीय नेपाली संघ कार्यसमितीका महासचिबसहित बहुमत सदस्यहरुले शनिवारबाट बैंककमा ९ औँ एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनको सम्मेलनको बहिस्कार गरेका छन् ।
विश्व खवरसंग कुरा गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोल भने -‘एनआरएनए एउटा पवित्र संस्थालाई केहि ब्यक्तिका कारण सहमतिको नाममा विधान विपरितका कामहरु गरेर दिनप्रति दिन संस्थाको छविलाई धमिलो पार्ने काम भयो जुन संस्थाको भावना विपरित छ,उक्त कार्यक्रम जानुको औचित्य नै छैनन् ।’
९ औं एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनमा हल रित्तै !

एनआरएनएको ‘मिलाप’ सम्मेलनको नाम दिएर एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय समितिले आयोजना गरेको ९ औं एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्घाटन गरेको सम्मेलनको दोस्रो दिनको अन्तर्कृया कार्यक्रममा हल रित्तै भएको हो ।
गैरआवासीय नेपाली संघको नवौँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमार्फत आयोजित ‘मिलाप’ सम्मेलननिम्ति बैंकक पुगेका कैयौं प्रतिनिधि बरालिएका छन् ।सम्मेलनको पहिलो दिन नेपालीहरूले सञ्चालन गरेको हिन्दू मन्दिर घुमेरै बितेको छ । दोस्रो दिनको अन्तर्कृया कार्यक्रममा एनआरएनएका ४० जना प्रतिनिधि पनि हलभित्र छैनन् जबकि त्यहाँ सहभागी हुन ३ सय जनाको नाम टिपाइएको छ । धेरै प्रतिनिधिहरु बैंककको बजारतिर निस्किेका थिए । कतिपयले हल बाहिर गफ दिइरहेका छन् ।दोस्रो दिनको सेसनको सहजिकरण कान्तिपुर टेलिभिजनका पत्रकार दिलभुषण पाठकले गरेका थिए ।
[sg_popup id=”50642″ event=”inherit”][/sg_popup]


विश्व खबर 




















