images
images
  • अल्फा-बिटाको ओली कनेक्सन, बालेन-महेशको जुहारी

    काठमाडौं- महानगरपालिकाका मेयर बालेन शाहले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि प्रमुख प्रतिपक्षी एमाले नराम्ररी बिच्किएको छ। एमाले बिच्किएसँगै यो अभियानले राजनीतिक रङ्ग पाउँने सम्भावना पनि बढेको छ।

    एमाले बिच्किनुको मूलकारण अल्फाबिटाका मालिक द्विराज शर्मा शिवाकोटीको एमाले अध्यक्ष ओलीसँगको पारिवारिक सम्बन्ध हो। ओलीका बालाई कुनै समय यिनै शिवाकोटीका बाबुबाजेले झापामा शरण दिएको बताइन्छ। ओलीले त्यो ऋण तिर्न शिवाकोटी परिवारलाई विभिन्न किसिमले संरक्षण दिदै आएका छन्। द्विराजकै दाइ युवराजको ओम्नीमा लगानी छ। उनकै कम्पनी भएकाले ओली शासनकालमा ओम्नीले ठूलो स्वास्थ्य ठेक्का पाएको थियो।

    ओलीको हितलाई नै सर्वोपरि ठान्ने एउटा ठूलो बामाले जत्था एमालेमा छ। जसको नेतृत्व भक्तपुरका डन सांसद महेश बस्नेतले गर्दै आएका छन्। ओलीको स्वार्थमा तलमाथि पर्ने बित्तिकै लाठो लिएर उत्रने बस्नेत अल्फाबिटामा चलाइएको डोजरका बिरूद्ध खनिएका छन्।

    उनले बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएकोरु भन्ने प्रश्न गर्दै यदि द्विराजले हामीसँग हामीसँग नजिक भएर या फोटो लिएको कारणले हो भने ुहामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौु भन्ने चेतावनी दिएका छन्।

    चेतावनीको जवाफमा बालेनले द्विराजसँग खिचेको उनको फोटो राखेर फोटो त आफूसँग पनि खिचाएको भन्दै नक्सा पास अनुसार घर निर्माण नगरेको भएर नै डोजर चलाउनु परेको स्पष्टिकरण दिएका छन्। उनले नियम कानुन त सबैले मान्नुपर्छ कम्रेड भन्दै बरू तपाईको नक्सा पास भएको छ कि छैन भन्ने प्रशन गरेका छन्।

    त्यसको जवाफमा बस्नेतले लेखेका छन्, मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला। यताका डोजरमा मेयर चडदैनन ड्राइभर चड्छन्ु भन्दै बस्नेतले अगाडि लेखेका छन्, डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला।

    उनले बालेनलाई २र४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु भन्दै अगाडि लेखेका छन्,  बिगतका यस्ता २र४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्।

    ओलीका अरू कृपापात्रहरू पनि मालिकको स्वार्थरक्षाका लागि हात धोएर लागेका छन्। यसरी हात धोएर लाग्नेमा ओली प्रधानमन्त्री भएका बेला प्रेसविज्ञका रूपमा उनको किचेन क्याविनेटमा काम गरेका रामशरण बजगाईं पनि छन् । उनले अल्फाबिटा प्रकरणमा ओलीको तस्बिर छापिएकोमा रन्थनिएका छन्। उनले सामाजिक सञ्जालमा ‘यहाँ एमाले अध्यक्षको तस्बिर किन जोडेको होरु भन्दै त्यो अल्फाबिटामा कार्यक्रम सञ्चालन गर्न जाँदा उनको परिवारसँग खिचेको तस्बिर राखेर दुरुपयोग गर्न पाइन्छ’ भनेर प्रश्न गरेका छन्।

    यसरी अल्फाबिटा कम्प्लेक्समा डोजर चल्दा बामाले र बालकोट वृतको क्रोधको पारो चढे पनि आमजनताले बालेन शाहको कदमको स्वागत गरेका छन्। उनीहरूले सानो जग्गा भएर बाध्यताले कोठा निकाल्ने वा एक तला थप्ने सर्वसाधारणका घरमा हैन, नक्सा बिपरित नियम मिचेर भवन बनाउँदै भाडा उठाउने फौबन्जारहरूका महलमा बुल्डोजर चल्नुपर्ने बताएका छन्।

    मेयर बालेन शाहका लागि पनि यो कदम अब प्रतिष्ठाको विषय बनेको छ। अब उनी यो कदम बिचैमा छोड्न पनि सक्दैनन्। अगाडि बढाउँदा पनि उनले शक्तिका दलालहरूको ठूलो चुनौति सामना गर्नुपर्ने हुन्छ। -बिएल

    प्रतिक्रिया दिनुहोस्
    images
    images