२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न प्रदेश सरकारको सिफारिस

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न प्रदेश सरकारको सिफारिस


जनकपुरधाम । प्रदेश २ सरकारले चालु पाँचौं अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख डा.राजेश झा ‘अहिराज’ समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।

गत चैत ३० मा पाँचौं अधिवेशन सुरु भएको थियो । पाँचौं अधिवेशनको दोस्रो बैठक वैशाख १० मा बस्यो तर तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि अन्तिम समयमा स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n