images
images
  • बारामा स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु

    बारा- बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले किचेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो ।

    बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images