images
images
  • एनआरएनए चीनले सिडिओ र जिसस प्रमुखको हातमा मायाको चिनो ‘स्यानीटरी प्याड’ दिएपछि…

    दोलखा (मैनापोखरी)–शुक्रबार विहान ११ बजे हनुमन्तेश्वर मावी नुमनाको प्राङ्गणमा माइकिङ सुरु विद्यालयमा नियमित दिनको जसरी नै पठनपाठन भइरहेको हुन्छ । हनुमन्तेश्वर मावीका प्रध्यानाध्यापक भरत दहालले माईकिङ गरेर सबै विद्याथी भाई बहिनी कार्यक्रम सुरु हुन लागेको भन्दै कक्षा कोठाबाट स्कुल प्राङ्गण बोलाएको केहिबेरमा दोलखा प्रमुख अधिकारी भोजराज खतिवडाको सवार गाडी कार्यक्रम स्थलमा रोकिएन्छ । त्यो लगत्तै जिल्ला समन्वय समितिका प्रमुख बर्जराम घतानी र जिल्ला समन्वय अधिकारी होमप्रसाद घिमिरे सवार गाडी कार्यक्रम स्थलमा प्रवेश गरेसंगै रााष्ट्रिय गान बज्न सुरु गर्छ । त्यहि बिचमा प्रहरीको दलबलसहित दोलखा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाराम पौडेल सवार गाडी कार्यक्रम स्थलमा रोकिन्छ ।

    यो पनि हेनुहोस्: विद्यालयका छात्रलाई ‘स्यानीटरी प्याड’ वितरण गरेर एनआरएनए चीनले सुरू गर्‍यो महिनावारी सम्बन्धि सचेतना कार्यक्रम

    विद्यालयका विद्याथीहरुलाई प्रायलाई पुर्व सुचना समेत गरिएको हुदैनन् । आतिथीहरु बसेको रोभन्दा पछाडी जब ब्यानरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ‘महिनावारी स्वच्छता सचेतना’ अभियान भनेर देख्छन् सबै विद्याथीहरु अक्कमक्क परे । कार्यक्रम औपाचारिक रुपमा कार्यक्रम सुरु हुन्छ कार्यक्रमको विषयमा अध्यक्ष रोहित अग्रवालले सबै विद्यार्थी र अतिथीहरुलाई थप प्रकाश पारेसंगै कार्यक्रम थप रोचक मोडमा पुग्छ । कार्यक्रमलाई औपाचारिक रुपमा प्रमुख अतिथी, विशेष अतिथी र अन्य अतिथीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ‘स्यानीटरी प्याड’ दिएर कार्यक्रमको औपचारिक रुपमा सुरु हुन्छ ।

    1111111111

    कार्यक्रमको औपचारिकमा सुरु गदैं संघका अध्यक्ष रोहित अग्रवालले भने-अबका दिन कार्यक्रमलाई प्रभावकारी बनाउन अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौं । ‘हामी सबैलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा जानकारी हुन आवश्यक छ। यस कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँको विद्यालयमा कार्यक्रम सञ्चालनका हौ।’ एनआरएनए चीनले महिनावारी सम्वन्धित सचेतना (छात्रा) महिलाले मात्र सम्भव छैन् भनेर (छात्र) पुरुषसंग हालेमालो विना सम्भव नभएको भन्दै छात्रलाई समेत ‘स्यानीटरी प्याड’ वितरण गरिएको हो । त्यस्तै, संघले उक्त विद्यालयका विद्यार्थीहरूलाई स्यानीटरी प्याडसमेत वितरण गरेको छ। कार्यक्रममा विशेषत् छात्रा र छात्रहरुलाई दुवैलाई लक्षित गर्दै महिनावारीको समयमा गर्नुपर्ने सरसफाई तथा खानपानको विषयमा जानकारी गराइएको थियो। साथै कार्यक्रममा महिनावारीको विषयमा छात्रहरुलाई पनि आफ्नो छात्रा साथीहरु तथा घरका महिलाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयसमेत सिकाइएको थियो।

    प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख बर्जराम घतानीले भने–‘दोलखाका कुनैपनि स्कुलमा महिनाबारी हुदाँ विद्यालयमा छात्राहरु स्कुल जानबाट वञ्चित हुने दिन नरहेको रहेको केहि स्कुलमा निःशुल्क स्यानीटरी प्याड वितरणको ब्यावस्था रहेको र अब जिल्लाभरका स्कुलमा केन्द्र प्रदेश र स्थानीय तहको समन्वयमा निःशुल्क स्यानीटरी प्याड वितरण गर्ने छौं।’ अब जिल्लाभरका स्कुलमा केन्द्र प्रदेश र स्थानीय तहको समन्वयमा हामीले एक विद्यालय एक नर्स कार्यक्रम लागु गर्ने जिसस प्रमुख घतानीले भने ।

    5 1

    विशेष अतिथी दोलखाका प्रमुख अधिकारी भोजराज खतिवडाले भने–‘हाम्राे समाजमा महिनावारीजस्ताे महिलामा हुने सामान्य प्रकृयालाई कृप्रथाकाे रुपमा समाजमा रुपान्तरण गर्नु दुखत हाे । कुप्रथा केहि अंश अझैं समाजका अझै कायम रहेको र त्यसको अन्तका लागी विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई महिनावारी सम्वधित थप शिक्षा सवैमा जरुर छ । हाम्रो समाज अझैं विभिन्न बाहनामा महिनावारी कुप्रथा कायम छ कतै देउताको नाममा होस् या कतै चलको नाममा त्यसलाई रोक्न महिना पुरुष दुवैको जिम्मेवार भएकाले यो कार्यक्रम प्रभाबकारी हुने उनले बताए । प्रमुख अधिकारी खतिवडाले भने–‘गैरआवासीय नेपाली संघ चीनले ‘महिनावारी स्वच्छता सचेतना अभियान’ चलाएर समाजमा समाजिक परिर्वतन ल्याउन विद्यालयमा चलाएको उक्त अभियान थप प्रभाकारी भुमिका खेलेको छ।’
    एनआरएनए (एनसीसी) चीनको महिला संयोजक पुन्यवती सुवेदी (सहनशिला)ले भनिन्–‘कोरोनाका कारण आफूहरु नेपालमा रहेको बेलामा नेपालीका लागि नेपाली भन्ने आफ्नो मूलमन्त्रलाई उद्धृत गर्दै महिनाबारी अतिनै संवेदनशील र महत्त्वपूर्ण विषय भएपनि समाज अझै पनि खुल्न सकेको छैन भनेर यस विषयलाई उजागर गर्न जरुरी भएको महसुस गरी महिला संयाेजक सुवेदी (सहनशील) ले यो विषयलाई उठान गरेको र  सम्पूर्ण कार्यसमितिको सकारात्मक सोच र साथले सार्थक भएको बताइन् ।

    भक्तपर इन्टरनेशनल अस्पतालकि डा. सरु श्रेष्ठ, गण्डकी अस्पतालको डा. विना लामाले महिनावारी विद्यार्थीलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा समेत जानकारी गराएका थिए । छात्राहरुलाई लक्षित गर्दै महिनावारीको समयमा गनुपर्ने सरसफाई तथा खानपानको विषयमा जानकारी दिनुपर्नेमा जाेड दिइन् । महिनावारीको विषयमा छात्रहरुलाई पनि आफ्नो छात्र साथीहरु तथा घरका महिलाहरूलाई सहयोग पुराउने सक्षम बनाएर उत्प्रेरित हुने डा. श्रेष्ठले भनिन् । महिलाहरुमा हुने महिनावारी सम्बधित जनसचेतना पुरुषलाई समेत दिन जरुरी रहेको डा.श्रेष्ठ अभियान थप प्रभाबकारी रहने छ । विद्यालयमा महिनावारी हुदाँ छात्राहरु विद्यालयमै नआउने गरेको त्यस्ता कार्यक्रमले त्यसलाई रोक्न मद्दत पुग्ने डा. श्रेष्ठले दाबि गरिन् ।

    11111

    हनुमन्तेश्वर मावि नमुनाका प्रध्यानाध्यापक भरत दहालले कार्यक्रमले महिलाहरुमा हुने रजस्वलासम्बधित जनसचेतना पुरुषलाई समेत दिन जरुरी रहेको र यो अभियान थप प्रभाबकारी रहेको बताए । जलदेवी मावीका प्रध्यानध्यापक गिताकृष्ण शर्माल भने विद्यालयमा महिनावारी हुदाँ छात्राहरु विद्यालयमै नआउने गरेको त्यस्ता कार्यक्रमले त्यसलाई रोक्न मद्दत पुगेको र स्यानीटरी प्याडको विद्यालयमा ब्यावस्था संगै पछिल्लो समय महिनावारी हुदाँ विद्यालयमा आउने छात्राहरु बढेको बताए । महिनावारीको समस्याहरु छात्राहरुले खुलेर कुरा गर्ने तर्क गरे ।

    बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला उप्रेती, बैतेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख बाबुलाल लामा, बैतश्वर ५ वडा अध्यक्ष भुवन घिमिरे,बैतश्वर वडा ४ अध्यक्ष कुमार प्रसाद चौलागाईं, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाईं, हुनमन्तेश्वरका विद्यालय ब्याबस्थापन समितीका अध्यक्ष भिम प्रसाद दहाल, हुनमन्तेश्वर क्यापसका प्रमुख कमल दहाल, हुनमन्तेश्वर माबी नमुनाका प्रध्यानध्यापक भरत दहाल, जलदेवी माबीका प्रध्यानध्यापक गिताकृष्ण शर्मालगाएतको उपस्थिती थियो । कार्यक्रममा दोलखाका विकट क्षेत्रका २ सामुदायिक विद्यालय कार्यक्रममा जलदेवी माबी मैनापोखेरी र हनुमन्तेश्वर मावी नमुना काब्रेका कक्षा ६ देखि कक्षा १० सम्मका ९ सय ९१ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सबै (छात्र र छात्रा) विद्याथीहरुलाई स्यानीटरी प्याड वितरण गरिएको थियो ।

    कार्यक्रममाकार्यक्रममा समितिका अध्यक्ष रोहित अग्रवाल, उपाध्यक्ष निर्मल चौलागाई, सल्लाहाकार आर.के खड्का, सदस्यहरु युवराज थापा, दिपक अग्रवाल, महिला संयोजक पुन्यवती सुवेदी (सहनशिला) लगायतको सहभागीता रहेको थियो। कार्यक्रम एनआरएनए (एनसीसी) चीनको महिला संयोजक पुन्यवती सुवेदी (सहनशिला) को सयोजनमा भएको थियो । नेपाली संघ चीनले ‘वान एनसिसि वान प्रोजेक्ट’ अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ पहिलो चरणमा गत चैतमा काठमाडौंको तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरेको थियो।received 472581740932195received 6103426116444162

    1 3 2 4 3 3 4 16 17 1

    33323

    प्रतिक्रिया दिनुहोस्
    images
    images