images
images
  • राहदानी लिनका लागि आजदेखि अनलाइन फारम खुल्यो

    काठमाडौं– राहदानी (पासपोर्ट) लिनका लागि आजदेखि अनलाइन आवेदन खुलेको छ । राहदानी विभागले एक सूचना जारी गर्दै आजदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुुलेको हो ।

    यसअघि भने विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीका लागि आवेदन गर्न नसकिने जनाएको थियो ।

    राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकाले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनका लागि आवेदन गर्न सकिने विभागले जनाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images