दोलखा-गैरआवासीय नेपाली संघ चीनले ‘वान एनसिसि वान प्रोजेक्ट’ अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ दोलखामा गर्ने भएको छ ।
साउन २० गते शुक्रबार गैरआवासीय नेपाली संघ चीनले ‘महिनावारी स्वास्थ्थ सुरक्षा हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ सुरु गरेको अभियान दोलखाको बैतेश्वरस्थित काब्रेको मैनापोखरीका दुई विद्यालय (हनुमन्तेश्वर मावि र जलदेवी मावि)मा कार्यक्रम गर्ने भएको छ ।
मुख्यतः महिनावारी सम्बन्धि सचेतना सम्वधित विद्यालयमा भएका विद्यार्थीलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा जानकारी गराउने ‘महिनावारी स्वास्थ्थ सुरक्षा हाम्रो सरोकार’ कार्यक्रम संयोजक पुन्यवती सुवेदी (सहनशीला)ले बताईन् । एनआरएनए चीनले महिनावारी सम्वन्धित सचेतना (छात्रा) महिलाले मात्र सम्भव छैन् भनेर (छात्र) पुरुषसंग हालेमालो विना सम्भव नभएको भन्दै छात्रलाई ‘स्यानीटरी प्याड’ वितरण गरिने छ ।
विद्यालयका विद्यार्थीहरूलाई स्यानीटरी प्याडको प्रयोगका विषयमा डक्टरबाट कार्यक्रममा जानकारी गराइनेछ । छात्राहरुलाई लक्षित गर्दै महिनावारीको समयमा गनुपर्ने सरसफाई तथा खानपानको विषयमा जानकारी साथै कार्यक्रममा महिनावारीको विषयमा छात्रहरुलाई पनि आफ्नो छात्रा साथीहरु तथा घरका महिलाहरूलाई कसरी सहयोग पुग्ने कार्यक्रम संयोजक सुवेदीले भनिन् ।
‘हामीले पहिलो चरणमा काठमाडौंमा गर्यौ दोस्रो चरणमा दोलखा (दुर्गम क्षेत्र) का विद्यालयहरूमा कार्यक्रम गर्न लागेका हौँ,’ गैरआवासीय नेपाली संघ (चीन) संघका अध्यक्ष रोहित अग्रवालले भने,‘आगामी दिनहरूमा यस्तो कार्यक्रम अति दुर्गममा लगेर जानेछौँ।’
‘महिनावारी स्वच्छता सचेतना’ अभियान पहिलो चरणमा राजधानी काठमाडौं तारकेश्वरस्थित जितपुर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई महिनावारी सचेतना तथा डाक्टरसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो। वीर अस्पतालका डक्टरहरुले महिनावारी सम्बन्धि सचेतना सम्वधित विद्यार्थीलाई महिनावारीको समयमा गर्नुपर्ने सरसफाई र खानपिनको बारेमा जानकारी गराएको थियो ।


विश्व खबर 




















