images
images
  • महिला आयोग अध्यक्ष पराजुलीले भनिन्-‘दोषी प्रमाणित भए सजाय भोग्न तयार छु’

    काठमाडौं-राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफूमाथि लागेको अनियमितता आरोपबारे निष्पक्ष छानबिनको माग गरेकी छिन् ।

    मलाई दोषी करार गरेर हुदैन् प्रमाणित भए सजाय भोग्न तयार छु उनले भनिन् । ०७० मा ‘संकल्प नेपाल’ नामको संस्थामा अध्यक्ष हुँदा पराजुलीले ज्येष्ठ नागरिक गृह निर्माणको क्रममा करोडौंको अनियमितता गरेको भन्दै समाचारहरू सार्वजनिक भएका थिए । आयोगले बुधबार विज्ञप्ति जारी गरी आयोग अध्यक्ष पराजुलीले त्यस्ता समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो छवि धुमिल्याएको, आत्मसम्मानमा चोट पु¥याएको, चरित्रहत्यासमेत गरेको भन्दै आपत्ति जनाएको उल्लेख गरेको छ ।

    ‘एउटा गरिमामय भूमिकामा रहेको अवस्थामा आफ्नाविरुद्ध गरिएका कुप्रचारहरूको खण्डन नगर्दा आफूप्रति विश्वास र भरोसा गर्ने आम शुभचिन्तकहरूको मनमा दुःख, चिन्ता र आशंका महसुस भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले आफूबाट कुनै पनि समय कुनै पनि किसिमको गलत कार्य नभएको र आफूविरुद्ध लगाइएका लाञ्छनाउपर सम्बन्धित निकायबाट निष्पक्ष छानबिन भई दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभएको छ,’ आयोगका तर्फबाट प्रवक्ता चमिला भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    अध्यक्ष पराजुलीमाथि फौजदारी शैलीले हमला भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । आफूमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रामक, अतिरञ्जित र नकारात्मक समाचार प्रकाशन तथा प्रशारण भएको भन्दै पराजुलीले आवश्यक कारबाहीका लागि प्रेस काउन्सिलको ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images