images
images
  • रुपेन्देहीको गैडहवा गाउँपालिकामा दुई साता देखी तालाबन्दी

    रुपन्देही- जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा रुपन्देहीको गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउन देखि बन्द अवस्थामा रहेको छ ।

    जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन् । सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभए पछि थप समस्य देखिएको हो ।

    नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । गाउँपालिकामा भ्रष्टचार भएको, विकास निमार्णको काम अगाडी नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरुले जनाएका छन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images