images
images
  • काठमाडौंको कल सेन्टरमा छापा, कागजपत्र र उपकरण प्रहरीको नियन्त्रणमा

    काठमाडौँ- काठमाडौंको तीनकुनेस्थित कल सेन्टरमा प्रहरीले छापा मारेको छ। चिनियाँ नागरिकले सञ्चालन गरेको उक्त कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले छापा मारेको हो।

    परिसर प्रमुख एसएसपी भरत बोहराको टोलीले छापा मारिरहेको बताउँदै त्यहाँ रहेका सम्पूर्ण कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए।

    यसअघि पनि कलसेन्टरबाट गैर कानुनी गतिविधि सञ्चालन गरेको आरोपमा उपत्यका र अन्य जिल्लाबाट पनि प्रहरीले कलसेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो।

    ‘कलवाइपास लगायत अनलाइन ठगी भएको हुन सक्छ। विस्तृत विवरण अहिले खुलिसकेको छैन’, एसएसपी बोहराले भने।

    प्रतिक्रिया दिनुहोस्
    images
    images