images
images
  • यस्ताे छ आजकाे फलफूल तथा तरकारीकाे मूल्य

    काठमाडौं- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ ।

    आजको मूल्यअनुसार लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम् १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ ।

    त्यसैगरी लौका प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, सजिवन प्रतिकिलो १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म, सेलरी प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म, स्कुस प्रतिकिलो ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र हरियो धनिया प्रतिकिलो १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images