images
images
  • प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

    काठमाडौं- सिन्धुलीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाको कार्यालय परिसरमा उनीहरूबीच झडप भएको हो ।

    उक्त गाउँपालिकाको कार्यालयमा ताला लगाउन पुगेका कांग्रेस कार्यकता र प्रहरीबीच आपसमा हात हालाहाल भएपछि झडप भएको थियो ।

    गाउँपालिकाले २५ जना करारका कर्मचारीहरुको म्याद थप नगरेपछि आन्दोलित भएका कांग्रेसका कार्यकर्ताहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाउन खाजेपछि प्रहरीले रोक्ने क्रममा हात हालाहाल भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images