images
images
  • हवल्दार कुटपिट प्रकरण: ३५ हजार दिएर जर्बजस्ती हस्ताक्षर, गुपचुप मिलापत्र

    रोल्पा- रोल्पामा प्रहरी हवल्दारमाथि भएको कुटपिट प्रकरण गुपचुप मिलाइएको छ ।

    चौतर्फी आलोचना भएपछि रोल्पा प्रहरीले आइतबार जाहेरी दर्ता गर्ने बताएको थियो । तर, शनिबार जर्बजस्ती पीडितलाई एक सहमति पत्रमा हस्ताक्षर गर्न लगाई पीडकलाई उन्मुक्ति दिइएको हो ।

    सहमतिपछि प्रहरीमाथि कुटपिट गर्ने खिमबाबुराजा डि.सीको समूह यतिबेला निर्धक्क भएर फर्किएको छ ।

    ज्याने मार्ने उद्योगमा जाहेरी दिन खोज्दा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले इन्कार गर्दै आएका थिए । र, उनी स्वंय नै पीडक जोगाउने खेलमा लागेका थिए ।

    निरन्तर राजनीतिक दबाब र धम्की आएपछि प्रहरी हवल्दार रामकुमार बाँठा निरीह भएका हुन् । जिल्लाकै प्रहरी प्रमुखले जाहेरी नलिएर उल्टै हप्कीदप्की गर्न थालेपछि बाँठा सम्झौता गर्न बाध्य भएका थिए ।

    घटना भएको ४/५ दिनसम्म पनि जाहेरी दर्ता नहुँदा हवल्दारकोे स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । पीडितका अनुसार सबैतिरबाट न्याय पाउने आश मरेपछि स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर जान सम्झौता गर्न बाध्य भएका हुन् ।

    उनलाई उपचारका लागि ३५ हजार रुपैयाँ दिने गरी प्रहरीले घटना दबाउन खोजेको छ ।

    प्यूठानमा कार्यरत बाँठा बुटवल सरुवा भएपछि केही दिनको घर बिदामा गाउँ फर्किदा बुधबार रोल्पा न.पा स्थित अँधेरी खोलामा कुटिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images