images
images
  • महिला युरो: नेदरल्यान्डलाई हराउँदै फ्रान्स पहिलो पटक सेमिफाइनलमा

    काठमाडौं- फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, “हामी यहाँ इतिहास बनाउन आएका हौं”, ।

    शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गर्यो ।

    इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन । फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो ।

    खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् । यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ ।

    अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images