
जापान विशेष प्रतिनिधी-जापानको टोकियोस्थित नाकानोमा हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको हो ।
शुक्रबार पत्रकार सम्मेलनमा आयोजक एनआरएनए जापानले १२ औँ नेपाल फेस्टिवल सन २०२२ को तयारी आकर्षण तथा व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराउँदै मेलाको तयारी सकिएको जनाएको हो ।
प्रचार प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए अनुसार, जापानमा अन्य मुलुकहरुले आयोजना गर्नेभन्दा पृथकरुपमा नेपाल फेस्टिवल नेपाली र जापानीहरु नै बढी जम्मा भै नेपालको कला संस्कृति झल्काउने र जापानीहरु माझ नेपाललाई चिनाउने फेस्टिवलको मुख्य उद्देस्य रहेको छ ।
नेपाल फेस्टिवल जुलाई ३० र ३१ तारिख बिहान १० बजेबाट साँझ ७ बजेसम्म हुनेछ । ३० तारिख सुरुवातमा स्टेज कार्यक्रम सहित सुभारम्भ गरिनेछ भने ३१ तारिख साँझ समापन कार्यक्रम आयोजना हुनेछ ।
नेपाली कलासंस्कृति तथा परम्परागत झाँकी तथा नेपालको पर्यटन लगायतका व्यवसायीक साझेदारी तथा प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिनँ लागिएको हो । तसर्थ मौलिक नेपाली गित/संगित तथा नृत्यहरु एवं विभिन्न सांस्कृतिक रिति/रिवाजहरु प्रस्तुत गरिनेछ । यसका अलवा विभिन्न रेस्टुरेन्ट,रेमिट्यान्स तथा विद्यालय जस्ता सेवा प्रदायक कम्पनीहरुको स्टलहरु रहनेछन् ।
जापानमा अहिले माहामारी सुरुवात भएदेखिकै अत्यन्तै जोखमपूर्ण अवस्थामा छ । दैनिक झण्डै २ लाखको हाराहारीमा संक्रमण फैलिएको छ । यद्यपी जापान सरकारले मानिसहरुको गतिविधि तथा दैनिकीमा कुनै बन्देज नलगाएकाले आजको मितीसम्ममा मेलालाई असर गर्दैन ।तर उच्च सतर्कता अप्नाईने छ । कोरोना संक्रमणबाट बच्ना कार्यक्रम स्थलहरुमा सामाजिक दुरी कायम गराई मास्क अनिवार्य लगाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्