images
images
  • सुदुरपश्चिमको भु-स्वर्ग ‘बडिमालिका’ (फोटोकथा)

    बाजुरा- सुदुरपश्चिममा अभाव र पीडाहरु मात्रै छैनन् सम्भावना पनि त्यत्तिकै छन् । तर ती सम्भावनाहरुको खाजी र पचार-प्रसार भएको छैन् । राजधानी काठमाडौंबाट जति पश्चिम लाग्दै गयो उति नै विविधतायुक्त समाज भेट्न सकिन्छ । प्राकृतिक सौन्दर्यताको तपहरण(बर्णन) गरेर साध्य नै छैन । जति पश्चिम गयो उति नै खुल्दै जान्छ यहाँको सौन्दर्यता ।

    घाम उदाएदेखि नअस्ताउञ्जेल यहाँका प्रकृतिका छटाहरुको रुपै बेग्ल हुन्छ । दक्षिणको समथल तराइदेखि उत्तरका अग्ला पहाड र सेताम्य हिमालले कसको मन लोभ्याउदैन र । यहाँको प्राकृतिक सौन्दर्यता आफैमा अलौकिक छ । विविधताले त्यसै मान्छेको मन खिचेको हुन्छ । कतै विभिन्न खोचहरु छिचोल्दै आफ्नै बेगवान गतिमा वग्ने नदी त कतै लहराउदा झर्ना । एउटै आकारमा शान्त वसिरहने ताल ! तिनले पश्चिमको गौरब र गाथालाई उच्च राखेका छन् ।

    birya khola gharna 2सदरमुकाम मार्तडीको काखमा रहेको बिरेखोला झरना

    छिन् छिनमै लाग्ने घाम र बादलको घुम्टो हरिया पहाड र मनै हार्ने कौतुकमय सुन्दरता । जस्तोसुकै मान्छेलाई पनि बसिभूतमा पार्छ । मन र रहर न हो । तराइदेखि जति माथि गयो त्यहाँको हावापानी लवाइ-खवाई चाल-चलन सबै कुरामा बिविधता देख्न सकिन्छ ।

    Martadiबाजुराको सदरमुकाम मार्तडी

    साउन २३ गते बडिमालिका जाऔँ  स्वर्गको आनन्द लिउँ

    सुदुरपश्चिम, सुदुरपश्चिम मात्र नभई सुन्दर पश्चिमका रुपमा रुपान्तरण हुदैछ । त्यसैमा बाजुरा जिल्ला भौगोलिक अवस्था र विकासका पुर्वाधारमा पछाडी परेपनि यहाँको प्राकृतिक सौन्दर्यता अतुलनीय छ ।

    Yatri 2

    यस जिलामा अवस्थित बडिमालिका प्राकतिक रुपमा मात्र सुन्दर छैन यहाँ हजारौको धार्मिक आस्था र विश्वास जोडिएको छ । पर्यटकिय सम्भावना प्रचुर छन तर तिनको व्यवस्थित उत्खनन् र प्रचार-प्रसार हुन सकेको छैन ।

    Bato fulबडिमालिकाको बाटोमा फुलेका फूलहरु

    बाजुरा र कालिकोट जिल्लाको सीमामा रहेको बडिमालिका पर्यटकिय तथा धार्मिक आस्थाको साझा पबित्र स्थल हो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको ३ दिनको पैदल यात्रापछि यो मनोरम स्थलमा पुग्न सकिन्छ । चाडपर्वहरुमा बिशेष पुजा हुने भएकाले श्रद्धालु भक्तजनहरुको बाक्लो भीड हुन्छ ।

    Badimalika 2बडिमालिका मन्दिर

    बडिमालिका समुन्द्री सतहबाट करिब ४ हजार २ सय २७ मीटरको उचाइमा छ । हिउँदमा सेताम्य हिउँ पर्छ, सदैव जसो चिसो सिरेटो चलिरहन्छ । चैत्रदेखि असोजसम्म मात्रै यो पवित्र स्थालमा पुग्न सम्भव हुन्छ ।

    यस पवित्र स्थलमा प्रतेक बर्षको जनैपुर्णिमा अघिल्लो दिन  पश्चिमकै ठुलो मेला र पुजा लाग्ने गर्दछ । हरेक बर्ष यस ठाउँको दर्शन गर्न हजारौ श्रद्धालु भक्तजनहरु आउनको  गर्छन् । मनछुने बतास, विशाल पाटन र विभिन्न प्रजातीका फुलहरुले यीनको स्वागत गर्ने गर्छन् ।

    Badal 2बडिमालिका पाटन

    यस बर्ष (२०७९)मा पनि  श्रावण २६ गते जनैपुर्णिमाको अघिल्लो दिन भब्य पुजा लाग्नेछ । त्यसका लागि बाजुराको सदरमुकाम मार्तडीबाट २३ गतेबाट मानिसहरुले बडिमालिकाको यात्रा गर्नेछन् ।

    283013760 713844356425201 3328695959127508958 n

    यहाँका हरिया डाँडा चिसो बतास र ढकमक्क फुलेका फुलहरुले यहाँ आउने जोकोहीको पनि मन लोभ्याउछ । कहीँकतै ठाडो उकालो कहीँकतै समतर पाटनका फाँटहरु, कही हरियाली घना जँगल, पहरा, घाम पानी चिसो सहदै यो ठाउँमा पुग्दा साच्चीकै स्वर्ग पुगेको अनुभूती र आनन्द हुन्छ ।

    283012693 713840466425590 8853961946396369207 n

    यो एक भू स्वर्ग नै हो । यहाँ पुग्ने कविले  जीवनकै सुदर कविता कोर्थे होला । गायकले सुसेल्थे होला जीवनको उत्कृष्ट सुन्दर गित, पर्यटकले मेट्छन होला जीवनकै अनुपम स्थान । यी मनोमहक भीरपाखामा जति पाइला चाल्दै गयो उति रोचक र आनन्द थपिदै जान्छ ।

    ठुला-ठुला पाटन र पाटनभरी ढकमक्क फुलेका विभिन्न प्रजातीका फुलहरु , चरनक्षेत्रमा रमाउदै बस्दै गरेका बस्तुभाउहरु देख्दा जोसुकैको थकान मेटिदै जान्छ । जमिनबाटै उर्फेर छोउँजस्तो लाग्ने बादल, टाउको माथिबाट हिड्ने घाम र मन छोएर जाने बतासले सबैलाई एकपल अर्को संसारमा पुर्याउछ । मन त्यसै चन्चल बन्छ ।

    282207981 713842213092082 8728232983842235327 nत्रिवेणी पाटन,बडिमालिका

    अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र बाइस पाटन (हरिया फाँट) हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैंसी आदी पशु चौपायाहरूले यहाँको शोभा बढाएको हुन्छ । त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्यता बढाउछ ।

    मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ।

    Himal 2

    धार्मिक आस्था
    जनैपुर्णिमाको अघिल्लो दिन भब्य पुजा हुन्छ । प्राकृतिक सुन्दरता भन्दा पनि यसको धार्मिक आस्था अझ बलियो छ । बडिमालिका नेपालका प्रमुख तिर्थस्थल मध्यको एक हो । यहाँ वि.स.१९२३ भन्दा पहिले स्थापना भएको भगवतीको मन्दिर छ । यो मन्दिरमा बाजुरा र कालिकोटका पुजारीले संयुक्त रुपमा पुजा सुरु गर्ने चलन छ ।

    पौराणिक कथाअनुसार दक्ष प्रजापतिको यज्ञमा छोरी सतीदेवीले आत्मदाहा गरिन् । महादेवले पत्नी सतीदेवीको शव बोकेर हिड्ने क्रममा मलायागिरी पर्वतमा आइपुगेपछि सतीदेवीको कुम्बदन भयो । त्यहाँ देवी उत्पन्न भइ बडिमालिकाका रुपमा रहेको कथन छ । यो ठाउँमा बडिमालिका मन्दिर स्थापना गरेर पुजा गर्न थालिएको किंबदन्ती छ ।

    281757916 713845689758401 5749396573948543872 n

    त्यस्तै प्राचिन कालमा भगवतीले मैषासुर नामक दैत्यको बद गरिसकेपछि त्रिवेणी, पञ्चपुरी पाटन मल्लपुरी पाटन हुदै बडिमालिकामा बस्न थालिन भन्ने अर्को किंवदन्ती छ । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ। मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालुहरू यहाँ मेला भर्न आउँछन् । भक्तजनहरूले आफूले मागेको वरदान पूरा हुन्छ भन्ने विश्वास गर्छन् । हालसम्म गंगा दशहरा र जनैपूणिर्मा गरी वर्षको दुईपटक मात्र चल्दै आएको औपचारिक मेलाका कारण बडीमालिकाको महत्व सीमित छ।यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकिय स्थलको रूपमा चिनाउन आवश्यक छ ।

    4 6

    बडिमालिकाको पुर्वमा अवस्थित त्रिवेणीमा दुई वटा खोला छन् गँगा र जमुना । त्यहाँ नुहाउदा रोग पाप पखालिने र अस्तु विसर्जन गर्दा पृति स्वर्गमा पुग्छन् भन्ने जनविश्वास छ ।जीवनमा एकपटक सबैले बडिमालिकाको दर्शन गरे सवै कुराहरुबाट मोक्ष प्राप्त हुने विश्वासका साथ हजारौ तिर्थालुहरु यहाँ आउने गर्दछन् ।

    Vreda chardai

    Trivini Ghodaत्रिवेणी पाटनमा चर्दै घोडा

    Gai chardai

    Phul 2

    Vaisiभैसी चर्दै पाटनमा 

    Yatri 1

    Patan 2

    Trivini 2

    Trivini 4त्रिवेणी पाटन ,बडिमालिका

    Badimalika 7पाटनमा फुलेका ढकमक्क फुलेका फूलहरु282536801 713842756425361 37892147703795040 n

    Sotaसोता पाटन

    283147549 713844946425142 5110287114507554667 n

    283145625 713840933092210 5560742476739894217 n

    Baaki 3

    Gothala

    Baaki

    Fulchadauna

    Patanपाटनको खर्कमा गोठालाहरु Badimalika 3

    Ghoda

    283005066 713839879758982 242122386441679376 nतस्विर: Rahul CR (चेत)को फेुबुकबाट

    1 5

    Untitled 14तस्विर: Himlaya Bhatt, pheruwa

    Untitled 2 1

    तस्विर: Himlaya Bhatt(Pheruwa), Rahul CR (चेत)

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images