images
images
  • आजको मौसम: पहाडी भू–भागमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान विभागले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ ।

    देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    ‘देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images