images
images
  • उपत्यका सार्वजनिक यातायात विधेयक सबैको लागि हुनुपर्छः सांसद पाख्रिन

    काठमाडौं-प्रतिनिधि सभाको बिहीबारको बैठकमा काठमाडौँ उपत्यका सार्वजनिक यातायात  प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईद्वारा पेश गरिएको विधेयकमाथि सांसद शान्तिमाया तामाङ पाख्रिनले धारणा राख्दै यो विधेयक अब कसको लागि व्यवस्था गर्ने ? भन्ने प्रश्न गर्दै यो विधेयक देशैभरका विभिन्न पेसा व्यवसाय गरेर बस्ने सम्पूर्ण गरिबी‚ दुखी र नोकरीहरूका लागि सम्बोधन गर्नुपर्ने बताइन् । सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाहरू सुरक्षित हुनुपर्यो, जेष्ठ नागरिक, शारिरीक अशक्तत भएका व्यक्ति , अध्ययनरत विद्यार्थीहरुको लागि ५०% छुटको व्यवस्था हुनु पर्छ र यो कुराको सुनिश्चित यो विधेयकले गर्दा मात्र गरिवहरुले वास्तविक अनुभुति गर्नु हुनेछ।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईद्वारा काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक पेस गरेको छ । विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने क्रममा सांसद शान्तिमाया तामाङ पाख्रिनले धारणा राख्दै यो विधेयक अब कसको लागि व्यवस्था गर्ने रु भन्ने प्रश्न गर्दै यो विधेयक देशैभरका विभिन्न पेसा व्यवसाय गरेर बस्ने सम्पूर्ण गरिबी‚ दुखी र नोकरीहरूका लागि सम्बोधन गर्नुपर्ने बताइन् ।

    https://www.facebook.com/watch/?v=1734502906907507

    सांसद पाख्रिनले भनिन‚‘ यो सार्वजनिक यातायात विधेयक काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेटेर महानगरपालिका‚ नगरपालिका र वडा मात्र नभई देशका ७७ जिल्लामा बसोबास गरिरहेका विभिन्न व्यक्ति अत्यन्त गरिबी, रोजगार गर्ने विद्यार्थी‚ मजदुर जनताका प्रतिनिधिका लागि होस् ।’

    उनले प्रश्न गरिन्‚ ‘यो विधेयक व्यवस्थित हुँदा मात्र उच्च पदका मन्त्रीले यातायात चढ्ने हो कि अरू बेला पनि चढ्ने हो ।’ उनले यातायात व्यवस्थापन प्राधिकरण विधेयक ढिलै भए पनि आएको छ तर यातायातमा चढ्दा महिलाहरू सुरक्षित, शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सुविधा, विद्यार्थीलाई ५० प्रतिशत छुट र २४ घण्टा सञ्चालन हुनुपर्ने बताइन् ।

    सैद्धान्तिक छलफलमा विधेयकमाथि सांसद गणेशकुमार पहाडी‚ सूर्यप्रसाद पाठक‚ पदम गिरी‚ देवप्रसाद गुरुङ‚ प्रेम सुवाल‚ मोहन बानियाँ‚ सरिताकुमारी गिरी‚ कमल रोका‚ विमला विश्वकर्माले आआफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस्