images
images
  • विद्यार्थी कुट्ने प्रिन्सिपल सम्पर्कविहीन

    काठमाडौं- पाँच कक्षाका विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्ने प्रिन्सिपल सम्पर्कविहीन भएका छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जन सम्पर्कविहीन भएका हुन् ।

    स्कुलको कक्षा ५ मा पढ्ने बालकलाई मरणासन्न कुटपिट गरेको सार्वजनिक भएपछि नगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको र जवाफ नआएपछि ताकेता गर्न फोनबाट सम्पर्क गर्न खोज्द प्रिन्सिपल महर्जन र भाइस प्रिन्सिपल दुबै जनाको मोबाइल स्वीच अफ रहेको पाइएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका शिक्षा शाखाका उपसचिव देवीप्रसाद उपाध्ययले सोमबार विद्यालयलाई पत्र काट्दै लिखित जवाफ मागेको थियो ।

    ‘हामीले लिखित जवाफ सहित उपस्थित हुन पत्राचार गरेका हौं । तर, हिजोसम्म कुनै जवाफ नआएपछि फोन सम्पर्क गर्दा प्रिन्सिपल र भाइस प्रिन्सिपल दुबै जनाको मोबाइल अफ रहेको पाइयो,’ उनले भने, ‘त्यसपछि हामीले विद्यालय व्यवस्थाप समितिका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्षलाई पनि बोलाएर मौखिक जानकारी लिएर फेरि लिखित स्पष्टीकरण सोधेका छौं ।’

    अभिभावकले नगरपालिका शिक्षा शाखा, वडा कार्यालय र नगर, वडा कार्यलयमा रहेको बाल अधिकार समिति, शिक्षा समिति कतै पनि उजुरी नगरेको उपाध्यायले बताए । उनले भने, ‘प्रहरीमा उजुरी गरेको र भित्र भित्र के के सर्तमा मिलाएको भन्ने सञ्चार माध्यममा आएको समाचारका आधारमा के हो भनेर पत्र काटेका छौं । जवाफ आएको छैन ।’

    मानव अधिकार आयोगले पनि नगरपालिका शिक्षा शाखालाई सोधेको र आफूहरुले सम्बन्धित व्यक्तिहरुलाई लिखित स्पष्टीकरण माग गरिएको भनेर जवाफ दिएको उनले बताए ।

    राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताए । उनले भने, ‘हामीले मिडियाबाट थाहा पाएपछि विद्यालय व्यवस्थापन समिति र नगरपालिकासँग सोधेका छौं । त्यहाँबाट जवाफ आइसकेपछि थप अनुसन्धान गर्ने अथवा के गर्ने भन्नेतर्फ अघि बढ्छौंं ।’

    ऐनले बालबालिकामाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई जरिवानादेखि जेलसम्मको सजायको व्यवस्था गरेको छ । बालबालिका ऐन २०७५ को दफा ६६ को ९घ० र ९ङ० मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पुर्‍याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख छ ।

    छलफल गरेर मिल्यो : वडा अध्यक्ष

    लिटिल स्टार इङ्लिस स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका वडा नम्बर १२ का वडा अध्यक्ष जगतबहादुर महर्जनले भने अभिभावक, विद्यालय र व्यवस्थापन समिति बसेर छलफलबाट मेलमिलाप भईसकेको बताए ।

    उनले भने ‘विद्यालय, व्यवस्थापन समिति र अभिभावक बैठक बस्यो । अभिभावकले सामान्य भएकोले अब केही नगर्ने भनेपछि मिलेको हो ।’ उनका अनुसार कुटपिटमा संलग्न शिक्षकले अभिभावक सामु माफी मागेको र अभिभावकले पनि माफी दिएकाले मिलापत्र भएको बताए ।

    नगर शिक्षा शाखाले स्पष्टीकरण सोधेको विषयमा बुझ्न खोज्दा उनले यसबारेमा थाहा नभएको जवाफ दिए । उनले भने ‘अभिभावकले सामान्य भएकोले अब केही नगर्ने भनेर मिल्यो । अरु कुरा थाह भएन । थाह नभएको कुरा मैले कसरी बोल्नु रु’

    प्रतिक्रिया दिनुहोस्

    images
    images