
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो ।
प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस् भनेर हामी नतिजा प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्तामा नतिजा प्रकाशित गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।
गत वैशाख ९ गतेदेखि बाट सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्