
काठमाडौं- न्यायपरिषदले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । केही गम्भिर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् ।
‘उहाँमाथि केही गम्भिर उजुरीहरु छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोपमा उहामाथि उजुरी परेको हो,’ परिषद स्रोतले भन्यो, ‘यसपालि पनि त्यही आरोपमाथि छानविनको सिलसिलामा झिकाइएको हो ।’
अधिकारीमाथि सर्वोच्च अदालतले नै न्यायसम्पादनमा सचेत नभएको र यान्त्रिक बनेको भनी टिप्पणी गरेको थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । २८ असोज २०७८ मा सर्वोच्च अदालतले नै उनीमाथि प्रश्न उठाएको थियो ।
अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ ।
प्रतिक्रिया दिनुहोस्