images
images
  • भोटेकोशी र त्रिशुली नदीमा ठूलो बाढी आउने : ४८ जिल्ला उच्च जोखिममा, शतर्क रहन आग्रह

    काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार पनि देशभरका विभिन्न खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाद्वारा आज बिहान जारी बुलेटिनअनुसार काठमाडौंसहित ४८ जिल्लाभरि बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।

    विशेषगरी हालै ठूलो क्षति भोगेका रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी, त्रिशूली तथा अन्य साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम देखिएको महाशाखाले जनाएको छ ।

    प्रभावित हुन सक्ने जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images