
काठमाडौं- ६ वर्षकी नाबालिकालाई बलात्कार गर्ने श्रीराम चमारलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।
६ वर्षकी नाबालिकालाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गर्ने गुलरिया नगरपालिका वडा नम्बर १२ का अन्दाजी ४० वर्षीय श्रीराम चमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
गत चैत्र १५ गते गुलरिया नगरपालिका वडा नम्बर १२ मा नाबालिकालाई करणी गरेपछि फरार रहेका चमार साउन २ गते पक्राउ परेको बर्दिया प्रहरीले बताएको छ ।
फरार चमारलाई बर्दिया प्रहरीले तीव्रताका साथ खोजी गरिरहेको थियो । विभिन्न ठाउँहरुमा लुकेर बसेका चमार विशेष सुचनाको आधारमा करिब ४ महिना पछि पक्राउ परेका छन ।
चमारलाई जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्