images
images
  • युएईमा अलपत्र परेको शव नेपाल ल्याए दुर्गा प्रसाईले

    काठमाडौं- युवा व्यवसायी तथा मेडिकल सञ्चालक दुर्गा प्रसाईले आर्थिक अभावका कारण युएईमा अलपत्र परेको एउटा शवलाई नेपाल ल्याएका छन् ।

    सुर्खेतकी सुकमाया मगरको शव प्रसाईले मंगलबार त्रिभुवन विमानस्थलमा ओरालेर परिवारको जिम्मा लगाएका हुन् ।

    शव ल्याउनका लागि नेता तथा सरकारसँग सहयोग माग्दा सरकारले नसुनेको मृतकको परिवारको गुनासो सुनेपछि आफुले सो शव नेपाल ल्याउन पहल गरेको प्रसाईले बताए ।

    प्रसाईले आर्थिक अभावका कारण युएईमा अलपत्र परेका अन्य करिव १५ ओटा शवहरु आफ्नै खर्चले नेपाल ल्याउने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images