images
images
  • प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन !

    काठमाडौं- बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९/८० को नगरसभा समेत भएकाे छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाकाे सेवा अवरुद्ध भएकाे हाे ।

    नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नबिकरण हुन नसकेकाे नगरप्रमुख जलन्धर सिंह जैसवारले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

    प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेकाे छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेबा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।

    ’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने ।

    नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन् ।

    Sewa Banda 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images