images
images
  • ब्याडमा बिउ सुकेपछि भगवान ‘ईन्द्र’ गुहार्दै किसान महिला

    वीरगन्ज- आधा बर्षा सकिदा पनि आकासे पानी नपरेपछि मध्य तराईको बारा पर्साका किसानको धानको बिउ व्याडमै नै सुकेको छ । सिञ्चाईक लागि खर्चिनु पर्ने रकम अन्यत्रै खर्च हुँदा मध्य तराईका किसान आकासे पानीको प्रतिक्षामा इन्द्र भगवान पुकारेर बसेका छन् । रोपाई गर्न कुरेर बसेका किसान खेतमा धुलो उँडेको देखेपछि तनाबमा छन् ।

    मध्य तराईको पर्सा, बारा र रौतहट लगायत धानको पकेट क्षेत्र मानिएको मधेश प्रदेशका किसान अघिल्ला बर्ष यो समयमा ७०-८० प्रतिशत धान रोपिसक्थे । यसपाली रोपाईको मैजारो गर्ने बेलामा पानी परोस् भन्दै इन्द्र भगवान पुकार्न विवस छन् ।

    बोरिङ्ग, स्यालो ट्यूवेल जस्ता प्रविधिबाट जमिन मुनिको पानी निकालेर केही कठ्ठामा धान रोपेका किसानको पनि खेतमा धाँजा फाटेर विलखबन्दमा छन् ।

    किसानका लागि मल, बीउ र सिंचाइको हरेक बर्ष समस्या हुने भए पनि तीन तहका सरकारले किसानलाई कहिले न्याय नगरेको पर्साको कालिकामाई गाउँपालिकाको कटिबलुवाका किसानहरुले गुनासो गरे ।

    किसानका लागि दीर्घकालिन काममा खर्च नगरी सिसीटिभी, गाडी र कम्यूटर तथा लोडर जस्ता सामान खरिदमा नेतृत्वले ध्यान दिएकोभ न्दै कालिकामाई गाउँपालिकाको गाउँसभा नै विथोलिएको छ ।

    शिक्षा, स्वास्थ्य र कृषिमा बजेट विनियोजन गर्न पालिका नेतृत्व पछि परेको सो पालिकाको वडा नम्बर २ र ४ का वडाध्यक्षले दावी गरे । यता पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ का कटी टोलका किसान पन्नालाल दासले खेतबाट अनाज नउब्जिने देखी बालबच्चा पाल्न र जीविकोपार्जन गर्न समस्या थपिएको बताए । ‘यस्तै अवस्था भए आगामी बर्ष भोकमरीले सताउँछ ।’ उनले भने ।

    गण्डक नहरमा आउने भनिएको पानी पनि पर्याप्त नआउँदा मध्य तराईका किसानलाई यो बर्ष साह्रै समस्या भएको कृषि ज्ञान पर्साका निमित्त प्रमुख मु्िनलाल प्रसादले पनि  बताए ।

    जिल्लाको कुल रोपाईं हुने ४७ हजार ७ सय ३५ हेक्टर क्षेत्रफल खेत मध्ये अहिले रोपाईं भएको कुल ४० प्रतिशत पनि गण्डक नहर दक्षिण तर्फ त जम्मा १० प्रतिशत मात्र रोपाई भएको छ । नहर उत्तर तर्फको खेतमा पनि अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र रोपाई भएको ज्ञान केन्द्र पर्साका निमित्त प्रमुख मुनिलाल प्रसादले बताए ।

    Ropai 1024x683 1

    महिला किसान ‘ईन्द्र’ गुहार्दै
    आकसे पानी पनि समयमा नपरिदिंदा छक्क परेका पर्साका महिला किसानहरुले भगवानसँग पानी माग्दै पाँचगाउँ डुली चन्दा संकलन गरेका छन् । ईन्द्र भगवानको पूर्जा गर्नका लागि उनीहरुले सो चन्दा संकलन गरेका हुन् ।

    खेडेरीले हाहाकार भएको बर्ष पाँच गाँउ डुली संकलन गरेको चन्दा रकम र अन्नले ईन्द्र भगवानको पुजा गरी प्रशन्न बनाउँदा उनले पानी पारिदिने मान्यता रहेको उनीहरुले बताए । सोही मान्यता अनुसार आईतबार यहाँका महिला किसानले ईन्द्रको पूजा गरी प्रशन्न बनाउन पाँच गाउँको परिक्रमा गरे । पर्साको पोखरिया वडा नम्बर ६ सिर्सियाबाट सडकमा निस्की इन्द्रलाई सम्झेर गाना गाउँदै भीख माग्दै कटिवलुवा, सतवरिया हुदै फेरि पोखरिया तर्फ आइपुगेको सहभागी मध्ये ज्योतिदेवी चौहानले बताइन् ।

    ‘खडेरीले हाहाकार भएको बर्ष यसरी ईन्द्र भगवानसँग पानी माग्दै चन्दा बटुल्न गाँउ घुम्छौं ।’ उनले भनिन् । पानी माग्न भन्दै भीख संकलनका लागि बाहिर निस्केका महिलाहरुले सडकमा भेटिएका जो कोहीलाई पनि आफूले केही भाँडो वा बाल्टीमा बोकेको पानी छ्यापीदिने चलन छ । यस्तो खडेरी सातआठ बर्ष अगाडी मात्र भएको पर्साको कटिबलुवामा ईन्द्र भगवान पुकार्दै गाउँ परिक्रममा निस्किएका महिला मध्ये सीता देवीले बताइन् ।

    नारायणी नदीको पानी गण्डक नहरहुँदै सिंचित गर्ने भनिएको पर्सा, बारा र रौतहटका सयौं विघा खेत अहिले धुलाम्मे छन् ।

    इण्डियाले गण्डक नहरमा पर्याप्त पानी नछोडेकोले नहरको पानी लाग्ने ठाउँका किसान समेत पानी विना काकाकुल भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images