२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

‘यास’ चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

mausam 2

काठमाडौँ । ‘यास’ चक्रवातको प्रभावले आज पनि मुलुकभरको मौसममा बलदी भएको छ ।

चक्रवात पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको असरले प्रदेश १, प्रदेश-२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

चक्रवातको असरले मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n