images
images
  • इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारतको जित

    काठमाडौ- भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो । ।

    इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।

    यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमासबै विकेट गुमाउदै २५९ रन बनायो ।

    इंग्ल्यान्डकाजोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिए ।

    भारतले ८ वर्षपछि इंग्ल्याण्डमा एकदिवसीय सिरिज जित्यो । उसले पछिल्लोपटक २०१४ मा इंग्ल्याण्डमा एकदिवसीय सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images