images
images
  • नेपालले दियो स्कटल्यान्डलाई १२९ रनको लक्ष्य

    काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु टोली स्कटल्यान्डलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ । ताइतवड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १२८ रन बनायो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए । सन्दीप लामिछाने २२ रनमा आउट भए । बलिङतर्फ स्कटल्यान्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।

    पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।नेपाल लिग टू को अंक तालिकामा १९ खेलमा १७ अंक जोडेर छैटौं स्थानमा छ । यता दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अंक जोडेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images