images
images
  • चिकित्सा शिक्षा शुल्कमा ३.६ ५ले बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

    काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८-७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

    गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३।६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

    उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।

    उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images