images
images
  • डडेल्धुराका स्थानीय तहमा आठ करोड बढी बेरुजु

    डडेल्धुरा- डडेल्धुराका सातवटा स्थानीय तहमा आठ करोड बढी बेरुजु आएको छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा आठ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो।

    जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा छ। अमरगढीको बेरुजु दुई करोड ६३ लाख २८ हजार रहेको छ।

    त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु दुई करोड १८ लाख ८१ हजार रहेको छ। भागेश्वर गाउँपालिकामा एक करोड ५३ लाख ५८ हजार बेरुजु देखिएको छ।

    यस्तै, परशुराम नगरपालिकामा ६६ लाख ५१ हजार, अजयमेरु गाउँपालिकामा ५८ लाख ५८ हजार र गन्यापधुरा गाउँपालिकामा ४९ लाख ३९ हजार बेजुरु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा कम बेरुजु नवदुर्गा गाउँपालिकाको रहेको छ। नवदुर्गाको बेजुरु ३७ लाख ५७ हजार रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images